News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' बीच वार्तालाप भएको छ।
- एमाले सचिव महेश बस्नेतले नेकपासँग सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढेको कुरा प्रचण्डले बताउनुभएको जानकारी दिएका छन्।
- यो सहकार्यले मुलुकको हित, राजनीतिक स्थायित्व र कम्युनिष्ट शक्तिहरूबीचको एकताका लागि सकारात्मक पाइला बन्ने अपेक्षा गरिएको छ।
५ साउन, काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले नेकपासँग सहकार्यको प्रक्रिया औपचारिक रुपमा अघि बढेकोबारे नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएको जानकारी गराएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच वार्तालाप भएसँगै सहकार्यको प्रक्रिया अघि बढेकोबारे प्रचण्डले बताएको उल्लेख गरेका हुन् ।
यद्यपि उनले वार्तालाप कहिले भएको र कहाँ भएको भन्नेबारे खुलाएका छैनन् ।
‘नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्तालाप गरेपछि नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढेको बताउनुभएको छ,’ उनले प्रचण्डलाई उद्धृत गर्दै लेखेका छन् ।
यो सहकार्य प्रदेश सरकार निर्माणमा मात्र सीमित नभई मुलुकको हित, राजनीतिक स्थायित्व र कम्युनिस्ट शक्तिहरूबीचको सहकार्यका लागि सकारात्मक पाइला बन्न सकोस् भन्दै उनले शुभकामना व्यक्त गरेका छन् ।
‘वाम शक्तिहरूबीचको सहकार्यले देशलाई स्थायित्व र समृद्धिको दिशामा अघि बढाउने अपेक्षा,’ उनले लेखेका छन् ।
प्रतिक्रिया 4