+
+
Shares

श्रीलंकाबाट स्वदेश फर्किए प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३ गते १४:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' श्रीलंकाको पाँच दिने राजनीतिक भ्रमण पूरा गरी आज स्वदेश फर्किएका छन् ।
  • श्रीलंकामा रहँदा उनले 'ह्यान्ड्स अफ एसिया' अन्तर्राष्ट्रिय सम्मेलनमा प्रमुख वक्ताका रूपमा सहभागिता जनाउँदै विभिन्न वामपन्थी शक्तिहरूसँग उच्चस्तरीय भेटवार्ता गरेका छन् ।
  • भ्रमणका क्रममा उनले श्रीलंकाको कम्युनिस्ट पार्टी र जनता विमुक्ति पेरामुनाका नेतृत्वसँग दुईपक्षीय छलफल गर्नुका साथै विभिन्न बौद्धिक व्यक्तित्वहरूसँग भेटघाट गरेका छन् ।

३ साउन, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड श्रीलंकाको पाँच दिने राजनीतिक भ्रमण पूरा गरी आज स्वदेश फर्किएका छन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्टीका नेताहरू तथा कार्यकर्ताले स्वागत गरेका थिए ।

भ्रमणका क्रममा उनले इन्टरनेुनल पिपुल्स एसेम्बलीद्वारा आयोजित ‘ह्यान्ड्स अफ एसिया’ अन्तर्राष्ट्रिय सम्मेलनमा प्रमुख वक्ताका रूपमा सहभागिता जनाएका थिए ।

श्रीलंका बसाइका क्रममा प्रचण्डले त्यहाँका प्रमुख वामपन्थी राजनीतिक शक्तिहरूसँग उच्चस्तरीय भेटवार्ता गरेका थिए ।

उनले श्रीलंकाको कम्युनिस्ट पार्टीका महासचिव तथा पोलिटब्युरो सदस्यहरूसँग दुईपक्षीय छलफल गरेका थिए ।

त्यसैगरी श्रीलंकाको सत्तारुढ जनता विमुक्ति पेरामुनाका महासचिव तिल्भिन सिल्भा तथा पार्टीको पोलिटब्युरोसँग भएको छुट्टै भेटवार्तामा गरेका थिए ।

भ्रमणका क्रममा प्रचण्डले विभिन्न देशबाट सहभागी भएका राजनीतिक दलका नेता, सामाजिक अभियन्ता, अनुसन्धानकर्ता तथा प्रगतिशील बौद्धिक व्यक्तित्वहरूसँग पनि भेटघाट गरेका थिए ।

प्रचण्ड १५ जुलाईमा श्रीलंका पुगेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?