+
+
Shares

मार्फामा स्याउ टिप्ने र खाने उत्सवमा पर्यटकको घुइँचो

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ६ गते १५:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मुस्ताङको मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रमा असोज ३ देखि १५ गतेसम्म स्याउ टिप्ने र खाने उत्सव सञ्चालन भएको छ।
  • केन्द्र प्रमुख प्रकाश पन्थका अनुसार मुस्ताङमा कृषि पर्यटन प्रवर्द्धन गर्न उत्सव आयोजना गरिएको हो।
  • उत्सवमा स्याउ बगानमा जाने पर्यटक र स्थानीयका लागि २०० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ।

६ असोज, मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रमा आइतबारदेखि स्याउ टिप्ने र खाने उत्सव जारी छ।

मुस्ताङमा कृषि पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यही असोज ३ देखि १५ गतेसम्म स्याउ टिपेर खाने उत्सव सञ्चालन भएको हो। मुलुकमा रसिला र स्वादिला स्याउ उत्पादन गर्दै आएको हिमालपारिको जिल्ला मुस्ताङमा केन्द्रले स्याउ टिप्ने र खाने मेला आयोजना गरेको केन्द्र प्रमुख प्रकाश पन्थले बताए।

उक्त उत्सवमा सहभागी हुन पुगेका पर्यटक मार्फा क्षेत्रका स्याउ बगानमा लर्को लागेको देखिन्छ। स्याउ टिप्ने र बजारमा पठाउने मुख्ययाम सुरु भइसकेकाले मुस्ताङ भ्रमण गर्ने पर्यटकले स्याउ बारीमा रम्ने अवसर पाएका छन्।

स्याउ बारीमै पुगेर उत्सव मनाउन चाहने पर्यटक तथा स्थानीयलाई केन्द्रले २०० को प्रवेश शुल्क कायम गरेको केन्द्र प्रमुख पन्थले जानकारी दिए। स्याउ टिप्ने क्रममा हाँगा भाचिएर बोटमा क्षति पुगेमा एक हजार जरिवाना बुझाउनुपर्ने प्रावधान राखिएको छ। विसं २०२३ मा स्थापना भएको केन्द्रले शीतोष्ण फलफूल तथा तरकारीसहित अन्य बालीका बिरुवाको बिक्री र उत्पादन गर्दै आएको छ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?