७ असोज, काठमाडौं । प्रतिनिधिसभामा ‘कम्युनिस्ट भाष्य’ भन्ने शब्दप्रति नियमापति भएको छ ।
प्रतिनिधिसभामा शून्य समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संयुक्त राष्ट्र संघको महासभालाई कसरी सम्बोधन गर्नुपर्छ भनेर सुझाए ।
त्यसक्रममा उनले ‘कम्युनिस्ट भाष्य’ भन्ने शब्द प्रयोग गरेका थिए । ‘हामीले जलवायु न्याय र क्षतिपूर्ति माग्ने नै हो । तर, नम्र भएर, शालिन भएर र विज्ञान र तथ्यका आधारमा तर्कसँग भएर’, उनले भने, ‘म प्रधानमन्त्रीज्यूलाई शुभकामना दिन चाहन्छु । मेरो प्रधानमन्त्रीको सम्बोधन खाली गर्र्दै नगरेको अपराधको हामीले दु:ख पायौं भनेर गाली र मित्र राष्ट्रहरूप्रति आक्रोश पोख्ने कम्युनिस्ट भाष्य जस्तो होइन कि, विश्वलाई यो समानुभुति गराउनेतर्फ लक्षित होस् ।’
यहाँनेर रास्वपा सांसद प्रसाईंले प्रयोग गरेको ‘कम्युनिस्ट भाष्य’ भन्ने शब्दप्रति नेपाली कम्युनिस्ट पार्टीका सांसद पार्वती विकले नियमापति गरिन् । ‘कम्युनिस्ट भाष्य भन्ने शब्द वास्तवमा यो देशमा बस्ने मान्छेहरूले आफ्नो बिचार राख्न पाउनुपर्छ । हाम्रो संविधानले राजनीतिक दल खोल्न पाउने, बिचार अनुसार काम गर्न पाउनुपर्छ’ उनले भनिन्, ‘कम्युनिस्ट भाष्य भन्ने शब्द यति अपमानित रुपमा प्रयोग गरेकोमा यो संसद्को रेकर्डबाट हटाउन माग गर्दछु ।’
प्रतिक्रिया 4