२४ भदौ, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीकी सांसद पार्वती बिकले जेनजी आन्दोलनका क्रममा भौतिक संरचना जलाउने को थियो भन्दै सरकारलाई प्रश्न गरेकी छन् ।
प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बिकले जेनजीहरुले जिम्मा नलिएको अवस्थामा त्यसको पहिचान हुनुपर्ने बताएकी हुन् । ‘२४ गते सिंहदरबार जलाउने दोषी को थियो ?,’ उनले भनिनन्, ‘जेनजीहरुले हामी जिम्मा लिन सक्दैनौ भनेको अवस्था छ ।’
उनले मानवअधिकार आयोगको प्रतिवेदन पनि सरकारले थन्क्याएको बताउँदै त्यसको कार्यान्वयन गर्न मा गरेकी छन् । ‘किन लुकाइएको छ । यो थन्क्याउने बेला होइन कार्यान्वयन गर्ने बेला बेला हो’, उनले भनिन्न ।
उनले यति ठूलो आन्दोलनपछि बनेको सरकारले पनि जेनजीका मागहरु पूरा किन नगरेको भन्दै प्रश्न पनि गरिन् । ‘आन्दोलनमा घाइते भएकाहरुको उपचार किन हुन सकेन ? शहीदका सपनाहरु किन साकाहार हुन सकेनन् ? यो धेरै गम्भीर विषय छ ‘, उनले भनिन् ।
प्रतिक्रिया 4