News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपा सांसद हरि (बुद्धिप्रसाद) पन्तले प्रतिनिधिसभामा जेनजी आन्दोलनमा गोली खाने र खान तयार हुनेलाई दोषी र गोली हान्ने तथा हान्न लगाउनेलाई निर्दोष ठहरिनु कस्तो न्याय हो भनेर प्रश्न गरे।
- पन्तले जेनजी आन्दोलनमा जेल परेका, मुद्दा लागेका र घाइते भएकाहरूलाई यथाशीघ्र न्याय दिन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए।
- उनले बेथिति, दण्डहीनता र भ्रष्टाचारविरुद्ध जेनजीहरूले विद्रोह गरेको र धेरै योद्धा अझै जेल, मुद्दा र फरार अवस्थामै रहेको बताए।
२४ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि (बुद्धिप्रसाद) पन्तले जेनजी आन्दोलनमा गोली खाने र खान तयार हुने दोषी हुने तर गोली हान्ने र हान्न लगाउने चाहिँ निर्दोष ठहरिने यो कस्तो न्याय हो भनेर प्रश्न गरेका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद पन्तले सरकारलाई यस्तो प्रश्न गरेका हुन् ।
उनले भने, ‘गोली खाने र खान तयार हुने चाहिँ दोषी हुने अनि गोली हान्ने र हान्न लगाउने चाहिँ निर्दोष ठहरिने यो कस्तो न्याय हो ?’
उनले थपे, ‘यदि ती भाइबहिनीहरू दोषी हुन् भने त्यही आन्दोलनको जगमा भएको निर्वाचनबाट निर्वाचित म पनि दोषी हुँ । यो सरकारका मन्त्रीहरू र प्रधानमन्त्री पनि दोषी हुन् ।’
जेनजी आन्दोलनमा जेल परेका, मुद्दा लागेका र घाइते भएकाहरूलाई यथाशीघ्र न्याय दिन सभामुखमार्फत सांसद पन्तले सरकारको ध्यानाकर्षण गराए ।
बेथिति, दण्डहीनता र भ्रष्टाचारको विरुद्धमा जेनजीहरूले विद्रोह गरेको उनले बताए ।
जेनजी आन्दोलनमा तात्कालीन ओली सरकारले निर्मम नरसंहार गर्दा भएको २४ भदौको घटना उप्रान्त ओली सरकारको पतनदेखि यो संसद् र सरकारसम्प आइपुग्दा ती युवाहरूले देखेका सपनाहरू कति सम्बोधन भए अनि कति सम्बोधन हुने क्रममै होलान ती आफ्नो ठाउँमा रहेको भन्दै उनले भने, ‘दु:खका साथ भन्नु पर्दा त्यस विद्रोहका धेरै योद्धाहरू आज पनि जेलमै छन्, कतिले मुद्दा खेपिरहेका छन भने कति अझै पनि फरार हुन बाध्य छन् ।’
प्रतिक्रिया 4