+
+
Shares

काठमाडौं प्रहरीको स्वीप अपरेशन, १२१ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ७ गते १२:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जिल्ला प्रहरी परिसर काठमाडौंले २४ घण्टामा चलाएको स्वीप अपरेशनमा १२१ जना पक्राउ परेका छन् ।
  • पक्राउ पर्नेमा १०५ पुरुष, १५ महिला र १ अन्य छन् ।
  • प्रहरीका अनुसार सार्वजनिक सेवा प्रवाहमा दु:ख हैरानी दिने, अभद्र व्यवहार, चोरी, लुटपाट, विचौलिया र गुण्डागर्दी गर्नेहरू पक्राउ परेका हुन् ।

७ असोज, काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले स्वीप अपरेशन चलाएर १२१ जनालाई पक्राउ गरेको छ ।

२४ घण्टाको अवधिमा काठमाडौंका विभिन्न ठाउँहरूबाट १२१ जना पक्राउ परेका हुन् । जसमा १०५ पुरुष, १५ महिला र १ अन्य छन् ।

अपराध रोकथाम तथा नियन्त्रणका माध्यमद्वारा समााज शान्ति, सुव्यवस्था कायम गर्ने सन्दर्भमा यो अपरेशन चलाएर अवैध गतिविधि गर्नेलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

पक्राउ पर्नेहरूमा सार्वजनिक सेवा प्रवाहमा दु:ख हैरानी दिनेदेखि अभद्र व्यवहार गर्ने, चोरी, लुटपाट, विचौलिया, गुण्डागर्दी जस्ता काम गरेकाहरू रहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?