+
+
Shares

कांग्रेसको क्षेत्रीय प्रतिनिधि बन्न १७ वर्षीय सुजल अयोग्य

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले उमेर नपुगेपछि इलामका सुजल चापागाईको क्षेत्रीय प्रतिनिधि रद्द गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ७ गते १८:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले उमेर नपुगेको भन्दै इलामका सुजल चापागाईको क्षेत्रीय प्रतिनिधि रद्द गरेको छ।
  • माइजोगमाई गाउँपालिका–५ को वडा अधिवेशनबाट निर्वाचित चापागाई १८ वर्ष नपुगेकाले अयोग्य ठहरिएका हुन्।
  • निर्वाचन समितिले अन्य जिल्लामा यस्तै उम्मेदवार निर्वाचित भए पनि क्षेत्रीय प्रतिनिधि रद्द गर्न भनेको छ।

७ असोज, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले उमेर नपुगेपछि इलामका सुजल चापागाईको क्षेत्रीय प्रतिनिधि रद्द गरेको छ ।

समितिले इलामको माइजोगमाई गाउँपालिका–५ को वडा अधिवेशनबाट निर्वाचित चापागाईको क्षेत्रीय प्रतिनिधि उमेर नपुगेको भन्दै रद्द गरेको हो ।

कांग्रेसको विधानको धारा ४ को उपधारा १ ९क० अनुसार पार्टी सदस्यको योग्यताका लागि १८ वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था छ ।

सोही व्यवस्थाअनुसार उमेर नपुगेका कारण चापागाईको क्षेत्रीय प्रतिनिधि रद्द गरिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।

समितिले अन्य कुनै जिल्लामा सम्पन्न वडा अधिवेशनबाट यस्तै प्रकृतिका उम्मेदवार निर्वाचित भएको पाइएमा क्षेत्रीय प्रतिनिधि रद्द गर्न भनेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?