News Summary
Generated by OK AI. Editorially reviewed.- संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको साइडलाइनमा परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डकी परराष्ट्रमन्त्री एलिना भाल्टोनेनबीच भेटवार्ता भएको छ।
- भाल्टोनेनले नेपालमा हालै आएको बाढी र पहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दै शोक तथा समवेदना प्रकट गरिन्।
- दुवै मन्त्रीले नेपाल–फिनल्यान्ड सम्बन्ध, बहुपक्षीय सहकार्य र द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल गरेका छन्।
७ असोज, न्युयोर्क । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डकी परराष्ट्रमन्त्री एलिना भाल्टोनेनबीच संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको साइडलाइनमा भेटवार्ता भएको छ ।
भेटवार्तामा फिनल्यान्डकी परराष्ट्रमन्त्री भाल्टोनेनले नेपालमा हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दै शोक तथा समवेदना प्रकट गरिन् ।
दुवै मन्त्रीहरूले नेपाल–फिनल्यान्ड सम्बन्धका विविध पक्षका साथै बहुपक्षीय मञ्चमा सहकार्यका विषयमा विचार आदानप्रदान गरेका थिए ।
साथै, आपसी हितका क्षेत्रमा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4