+
+
Shares

परराष्ट्रमन्त्री खनाल राष्ट्रसंघ महासभामा उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ६ गते २१:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • परराष्ट्रमन्त्री शिशिर खनाल मंगलबार न्यूयोर्कमा सुरु संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा नेपाली प्रतिनिधिमण्डलसहित सहभागी भएका छन्।
  • नेपालले महासभाका क्रममा ‘सगरमाथा टु सी’ साइड इभेन्ट आयोजना गरी जलवायु परिवर्तन र हिमाली क्षेत्रमा परेको प्रभावबारे ध्यानाकर्षण गराउने तयारी गरेको छ।
  • प्रधानमन्त्री वालेन शाहले सेप्टेम्बर २४ मा महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ, र उनी मंगलबार राति नेपाली टोलीको नेतृत्व गर्दै न्यूयोर्क उडेका छन्।

६ असोज, न्युयोर्क । परराष्ट्रमन्त्री शिशिर खनाल मंगलबार बिहानदेखि सुरू संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी भएका छन् ।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्र मंगलबार न्यूयोर्कस्थित राष्ट्र संघको मुख्यालयमा सुरु भएको हो ।

नेपाली प्रतिनिधिमण्डलसहित उपस्थित हुनुभएका परराष्ट्रमन्त्री खनालसँगै परराष्ट्र सचिव अमृतबहादुर राई, न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि राजदूत लोकबहादुर थापा, सहसचिव कृष्णप्रसाद ढकाललगायत अधिकारीहरूको सहभागिता रहेको थियो ।

मन्त्री खनालले महासभाको उच्चस्तरीय छलफलको एक साताअन्तर्गत विभिन्न उच्चस्तरीय बैठक, मन्त्रीस्तरीय छलफल तथा साइड इभेन्टमा सहभागिता जनाउनुका साथै विभिन्न मुलुकका समकक्षी तथा संयुक्त राष्ट्रसंघका उच्च अधिकारीहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यतालिका रहेको उनको सचिवालयले जनाएको छ ।

नेपालले महासभाका क्रममा ‘सगरमाथा टु सी’ नामक साइड इभेन्ट आयोजना गर्दैछ ।

उक्त कार्यक्रममा जलवायु परिवर्तन, हिमाली क्षेत्रमा परेको प्रभाव तथा जलवायुजन्य विपद्का कारण सिर्जित चुनौतीबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने नेपालको तयारी छ ।

त्यसैगरी, मन्त्री खनालले अति कम विकसित मुलुक, भूपरिवेष्टित विकासोन्मुख मुलुक, असंलग्न आन्दोलन तथा जी–७७ र चीनलगायतका मन्त्रीस्तरीय बैठकमा सहभागिता जनाउनेछन् ।

८१औँ महासभाको उच्चस्तरीय छलफल सेप्टेम्बर २८ सम्म हुँदैछ ।

प्रधानमन्त्री वालेन शाहले सेप्टेम्बर २४ मा महासभाको उच्चस्तरीय छलफललाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री शाहको नेतृत्वमा रहेको उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार बेलुकी न्यूयोर्क उडेका छन् ।

नेपाली टोलीमा प्रधानमन्त्री शाहसँगै परराष्ट्रमन्त्री खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव राईलगायत अन्य टोली सदस्यहरू सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?