+
+
Shares

कांग्रेसका क्षेत्रीय अधिवेशन असोज १३ भित्र गरिसक्न निर्देशन

‘६६ जिल्लाका ६३० पालिकामा अधिवेशन सकियो’

आ-आफ्नो क्षेत्रको मौसमको अवस्था हेरी मौसम अनुकुल भएका क्षेत्रमा तोकिएकै मितिमा सम्पन्न गर्न निर्वाचन समितिले भनेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ८ गते १८:२९

८ असोज, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले ६६ जिल्लाका ६३० पालिकामा निर्वाचन सम्पन्न भएको जनाएको छ ।

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले बिहीबार साँझ उक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएका हुन् ।

यही बिचमा विभिन्न स्थानमा भारी वर्षा भइरहँदा अधिवेशन प्रक्रियामा कठिनाइ भइरहेको जानकारी प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ ।

यस्तो बेला मौसम विभागलगायत विभिन्न निकायले सूचना जारी गरेको सन्दर्भलाई मध्येनजर गरेर असोज १० का लागि तोकिएका प्रदेश सभा एवं प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन मौसमको अवस्था हेरेर गर्न निर्देशन दिइएको छ ।

आ–आफ्नो क्षेत्रको मौसमको अवस्था हेरी मौसम अनुकुल भएका क्षेत्रमा तोकिएकै मितिमा सम्पन्न गर्न निर्वाचन समितिले भनेको छ ।

मौसम प्रतिकुल रहेका क्षेत्रमा सम्बन्धित जिल्ला र क्षेत्रका पार्टी कार्यसमितिसँग समन्वय गरी असोज १३ गतेभित्र गरिसक्ने विज्ञप्तिमार्फत निर्देशन जारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?