+
+
Shares

नैनसिंह महरलाई महामन्त्रीमा अघि बढाउने डडेलधुरा कांग्रेसको निर्णय

डडेलधुरा कांग्रेसले अधिवेशनबाट पारित निर्णयमार्फत देश तथा विदेशबाट अधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिहरूलाई महरको पक्षमा उभिन पनि अपिल गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १० गते १६:०७

१० असोज, काठमाडौं । नेपाली कांग्रेस डडेलधुराले केन्द्रीय सदस्य नैनसिंह महरलाई १५औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने निर्णय गरेको छ ।

प्रदेशसभा ‘क’ र ‘ख’ तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनले नेता महरलाई केन्द्रीय महाधिवेशनमा महामन्त्रीको उम्मेदवारका रुपमा अघि सार्ने निर्णय गरेको हो ।

डडेलधुरा कांग्रेसले अधिवेशनबाट पारित निर्णयमार्फत देश तथा विदेशबाट अधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिहरूलाई महरको पक्षमा उभिन पनि अपिल गरेको छ ।

अधिवेशनबाट पारित अपिलमा महरलाई इतिहासको सम्मान गर्दै भविष्यको जिम्मेवारी बहन गर्न सक्ने नेतृत्वका रूपमा प्रस्तुत गरिएको छ ।

संगठनलाई व्यक्ति र गुटभन्दा माथि उठाएर संस्थागत बनाउने तथा बदलिँदो राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिअनुसार कांग्रेसलाई नयाँ सोच, नयाँ कार्यशैली र नयाँ राजनीतिक संस्कारसहित अघि बढाउनुपर्ने आवश्यकतासमेत अपिलमा औंल्याइएको छ ।

‘नैनसिंह महरको उम्मेदवारी कुनै व्यक्ति वा समूहको पक्षमा मात्र होइन, कांग्रेसको संगठनात्मक रूपान्तरण, ज्ञानमा आधारित राजनीति, पारदर्शिता, जवाफदेहिता, पुस्तान्तरण र राष्ट्रिय हितकेन्द्रित राजनीतिक संस्कार निर्माणको प्रस्ताव हो,’ निर्णयमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?