+
+
Shares

‘खै के भयो यो जिन्दगी’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ११ गते १४:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अञ्जु पन्तको स्वर, होमनाथ न्यौपानेका शब्द र दीपक भट्टराईको संगीतमा ‘खै के भयो यो जिन्दगी’ गीत सार्वजनिक भएको छ।
  • गीतको भिडियोको कन्सेप्ट तथा निर्देशन प्रदीपमान श्रेष्ठले गरेका छन्।
  • हिलिम प्रोडक्सनले भिडियो निर्माणमा योगदान गरेको छ।

११ असोज, काठमाडौं । नयाँ आधुनिक सेमि–क्लासिकल गीत ‘खै के भयो यो जिन्दगी’ सार्वजनिक भएको छ । गीतमा लोकप्रिय गायिका अञ्जु पन्तको स्वर छ ।

गीतकार होमनाथ न्यौपानेका शब्दमा तयार भएको गीतमा जीवनका उतारचढाव, सम्बन्धमा आउने चोट, निराशा, सामाजिक यथार्थ र अन्तर्मनका अनुत्तरित प्रश्नलाई भावपूर्ण रूपमा प्रस्तुत गरिएको छ ।

गीतको मुख्य भाव ‘खै के भयो यो जिन्दगी’ मार्फत मानिसले जीवनका कठिन परिस्थितिमा भोग्ने पीडा, संघर्ष र अन्योल अभिव्यक्त गरिएको छ ।

गीतमा दीपक भट्टराईको संगीत तथा संगीत संयोजन रहेको छ । गीतका शब्दले व्यक्तिगत अनुभूति र सामाजिक परिवेश जोड्दै जीवनका विभिन्न चरणमा आउने हार, पीडा, स्मृति र आशालाई सांगीतिक रूपमा प्रस्तुत गरेको निर्माण पक्षले जनाएको छ ।

गीतको भिडियोको कन्सेप्ट तथा निर्देशन प्रदीपमान श्रेष्ठले गरेका छन् । खेमराज शिवाकोटीले क्रिएटिभ पक्ष सम्हालेका छन् भने हिलिम प्रोडक्सनले भिडियो निर्माणमा योगदान गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?