News Summary
Generated by OK AI. Editorially reviewed.- चामे नजिकै घट्टेखोलाबाट आएको लेदोसहितको बाढीले मनाङको मर्स्याङ्दी नदी थुनेको छ।
- प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालले नदीको बहाब बढिरहेकोले जोखिम बढिरहेको छ भने।
- मर्स्याङ्दी नदीमा अहिले साइरन बजिरहेको छ।
११ असोज, काठमाडौं । मनाङमा मर्स्याङ्दी नदी थुनिएको छ। जिल्ला प्रशासन कार्यालय मनाङका प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालका अनुसार चामेनजिकै मर्स्याङ्दी नदी थुनिएको हो।
उनका अनुसार घट्टे खोलाबाट झरेको लेदोसहितको बाढीले मर्स्याङ्दी नदी थुनिएको हो। ‘घट्टेखोलाबाट आएको लेदोसहितको बाढीले नदी थुनिएको छ,’ उनले अनलाइनखबरसँग भने, ‘नदीको बहाब बढिरहेकोले जोखिम बढिरहेको छ।’
अहिले मर्स्याङ्दी नदीमा साइरन बजिरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4