+
+
Shares

१० दिनमा ‘बा : एक योद्धा’ को कमाइ करिब दुई करोड

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १९ गते १४:३४

१९ असोज, काठमाडौं । चलचित्र ‘बाः एक योद्धा’ ले १० दिनमा दुई करोड रुपैयाँ ग्रसकलेक्सन गरेको छ । गत शुक्रबारबाट रिलिज भएको चलचित्रले आइतबारसम्म १० दिनमा एक करोड ९३ लाख ६ हजार ४ सय ६५ रुपैयाँ ग्रसकलेक्सन गरेको हो ।

यो सिनेमा १० दिनमा ६५ हजार ५६० दर्शकले हेरेका छन् । रिलिजको चार/पाँच दिन पछिबाट पिकअप लिएको सिनेमा अहिले उत्साहजक रुपमा चलिरहेको छ ।

वर्ड अफ माउथ राम्रो हुँदा दर्शकको चाप हरेक दिन बढ्दै गएको निर्देशक हरि लम्सालले बताएका छन् । ‘शो थपिनेक्रम बढ्दै गएको छ । चलचित्र राम्रो र हेर्ने पर्ने भन्ने दर्शकको प्रतिक्रिया आइरहेको छ’ उनले भने, ‘त्यसैले अबका दिनमा दर्शकले हाम्रो चलचित्रलाई थप साथ दिनुहुने हाम्रो विश्वास छ ।’

चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायतका कलाकारको अभिनय रहेको छ ।

हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘बाः एक योद्धा’ आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो । चलचित्रको कथा तथा पटकथा पनि निर्देशक लम्सालकै रहेको छ ।

चलचित्रका निर्माता वसन्त लम्साल हुन् भने अनिल बुढाथोकी कार्यकारी निर्माता रहेका छन् । अर्जुन पौडेल लाइन प्रोड्युसर तथा कृष्ण काफ्ले सह–निर्माताका रूपमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?