२० असोज, काठमाडौं । अखिल क्रान्तिकारीले लामो समयदेखि स्थगित रहेको आयुर्वेद चिकित्सा लाइसेन्स परीक्षा तत्काल सञ्चालन गर्न माग गरेको छ ।
नेपाल आयुर्वेद चिकित्सा परिषद्को नियमावलीअनुसार प्रत्येक ६–६ महिनामा नियमित रूपमा सञ्चालन हुनुपर्ने लाइसेन्स परीक्षा लामो समयदेखि स्थगित हुँदा अध्ययन पूरा गरिसकेका विद्यार्थीहरूको शैक्षिक तथा व्यावसायिक भविष्य अन्योलमा परेको अखिल क्रान्तिकारीले जनाएको छ ।
संगठनले आवश्यक कर्मचारीको पदपूर्ति तथा प्रशासनिक व्यवस्थापनमा सरकारले तदारुकता नदेखाउँदा परिषद्को नियमित कार्यसम्पादन प्रभावित भएको अध्यक्ष विजयप्रकाश शर्मा सापकोटाद्वारा जारी विज्ञप्तिमा छ ।
समस्या समाधानका लागि प्रभावकारी समन्वय र पहल गर्नुको सट्टा परिषद्का अध्यक्ष तथा रजिस्ट्रार आफ्नो संस्थागत जिम्मेवारीबाट पन्छिन खोजेको भन्दै उसले आपत्ति जनाएको छ ।
परीक्षा सञ्चालनमा थप ढिलाइ गरी विद्यार्थीहरूको भविष्य अन्योलमा पारिएमा कडा संघर्षमा उत्रिन बाध्य हुने चेतावनीसमेत संगठनले दिएको छ ।
प्रतिक्रिया 4