News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपाका नेता वर्षमान पुनले संसदीय सुनुवाइका क्रममा साउदी अरबका लागि प्रस्तावित आवासीय राजदूत गिरीबहादुर सुनारलाई राजदूत पदको प्रस्ताव छाडिदिन सुझाए ।
- पुनले उजुरीको गम्भीरता ख्याल गर्दै ‘राजदूत पदको प्रस्ताव छाडिदिनुस्, क्विट गरिदिनुस्,’ भने ।
- जवाफमा सुनारले आफूसँग पनि प्रमाण रहेको र एकोहोरो कुरा सुनेर थप आरोप लगाउन नहुने बताए ।
२८ असोज, काठमाडौं । नेकपाका नेता वर्षमान पुनले साउदी अरबका लागि प्रस्तावित आवासीय राजदूत गिरी बहादुर सुनारलाई राजदूत पदको प्रस्ताव छाडिदिन सुझाएका छन् ।
संसदीय सुनुवाइ समितिमा सुनुवाइका क्रममा नेता पुनले जति गम्भीर रुपमा उजुरी आएको छ त्यसको गम्भीरतालाई ख्याल गर्दै छाडिदिन सुझाएका हुन् ।
‘राजदूत पदको प्रस्ताव छाडिदिनुस्, क्विट गरिदिनुस्,’ पुनले भने ।
जवाफमा प्रस्तावित राजदूत सुनारले आफूसँग समेत प्रमाण रहेको र एकोहोरो कुरा सुनेर थप आरोप लगाउन नहुने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4