News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानसेनापति अशोकराज सिग्देल बेलायतको औपचारिक भ्रमण सकेर बुधबार स्वदेश फर्किएका छन् ।
- उनले बेलायतमा उच्च सैनिक अधिकारीसँग शिष्टाचार भेटघाट गर्नुका साथै एक्ससाइज क्यामब्रियन पेट्रोल २०२६ को निरीक्षण गरेका थिए ।
- सिग्देलले उक्त पेट्रोलमा स्वर्ण पदक प्राप्त नेपाली टोलीलाई प्रधानसेनापति प्रशंसा निशाना प्रदान गरेका थिए ।
२८ असोज, काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देल स्वदेश फर्किएका छन् ।
बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति सिग्देल आज बुधबार स्वदेश फिर्ता भएका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजंग क्षेत्रीले स्वागत गरेका थिए ।
बेलायती सेनाका प्रमुख जनरल रोली वाकरको निमन्त्रणमा उनी बेलायत गएक थिए । त्यहाँ उनले उच्च सैनिक अधिकारीहरूसँग शिष्टाचार भेघटाट गरेको सैनिक मुख्यालय जंगी अड्डाले बताएको छ ।
उनले बेलायतमा रहँदा अन्तराष्ट्रिय सैनिक अभ्यास एक्ससाइज क्यामब्रियन पेट्रोल २०२६ को निरीक्षण गरेका थिए । उक्त पेट्रोलमा स्वर्ण पदक प्राप्त नेपाली टोलीलाई प्रधानसेनापति प्रशंसा निशाना समेत प्रदान गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4