+
+
Shares

‘आ बाट आमा–२’ र ‘१२ गाउँ–२’ आजबाट हलमा

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ३० गते ९:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दसैंको पूर्वसन्ध्यामा ‘आ बाट आमा–२’ र ‘१२ गाउँ–२’ आजदेखि नेपाली हलमा प्रदर्शनमा आएका छन्।
  • ‘आ बाट आमा–२’ पारिवारिक मूल्य, त्याग र समर्पणको कथा भन्दै बासुदेव र देवकीलाई सूत्रधार बनाएको छ।
  • ब्लकबस्टर ‘१२ गाउँ’को सिक्वेल ‘१२ गाउँ–२’ मा समीर भट्ट र विराज भट्टसँगै एक्सन, प्रेम र रोमान्स समेटिएको छ।

तपाईं एक्सनको पारखी हुनुहुन्छ वा फेमिली ड्रामा ? यो आ–आफ्नै रोजाइ हो । आजदेखि दुवै जनराका नेपाली फिल्म प्रदर्शनमा आएका छन् ।

दसैंको पूर्वसन्ध्यामा प्रदर्शनमा आएको ‘आ बाट आमा–२’ एक भावनात्मक पारिवारिक कथा हो । यसले परिवारको मूल्य, त्याग र समर्पणको कथा भन्छ । बासुदेव र देवकीलाई सूत्रधार बनाएर यो फिल्मले पारिवारिक सम्बन्धका आयामहरूलाई पत्रपत्रमा केलाउँछ ।

यो हाम्रो घर–घरको कथा हो । घर–परिवारका आफ्नै बाध्यता र सीमा, परिवारका सदस्यका रुचि र आकाङ्क्षा, समाजको दृष्टि र मान्यता । यी सबै कुराबाट एउटा परिवार कसरी जेलिएको हुन्छ ? फिल्मले मोटामोटी यही विषयलाई उधिनेर मर्मस्पर्शी कथा भन्छ ।

फिल्ममा पल शाह, मलिका महत, विपना थापा, साइग्रेस पोखरेललगायतको अभिनय छ ।

यस्तै, ‘आ बाट आमा–२’सँगै प्रदर्शनमा आएको छ, ‘१२ गाउँ–२’ । यो ब्लकबस्टर फिल्म ‘१२ गाउँ’को सिक्वेल हो । फिल्ममा अघिल्लो भागमा जस्तै समीर भट्ट र विराज भट्टलाई देख्नुहुनेछ । तपाईं एक्सन फिल्ममा रुचि राख्नुहुन्छ भने दसैंको फुर्सदमा हेर्नका लागि यो फिल्म एउटा विकल्प हुन सक्छ ।

यद्यपि, फिल्ममा एक्सन मात्र छैन । यसमा प्रेम र रोमान्सले पनि प्रवेश पाएको छ । समग्रमा, यस फिल्मले सामाजिक परिघटनाहरूलाई पृष्ठभूमिमा राखेर द्वन्द्वकला प्रस्तुत गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?