+
+
Shares

आहा ! हिमाल (फोटो फिचर)

पौवाभञ्ज्याङ पुगेका जीवन राईले टल्किएका हिमाल देखेपछि टिप्पणी गरे, ‘मौसमले दशैंलाई स्वागत गर्‍यो है !’

गिरिराज बाँस्कोटा गिरिराज बाँस्कोटा
२०८३ कात्तिक १ गते १८:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाँचथरको पौवाभञ्ज्याङबाट कञ्चनजङ्घा, कुम्भकर्ण र मकालु हिमशृङ्खला टल्किएको देखिएको छ।
  • मौसम खुलेसँगै मेची राजमार्ग हुँदै यात्रा गर्नेले बाटैबाट हिमाल, सूर्योदय र सूर्यास्तको दृश्यावलोकन गर्न पाएका छन्।
  • फाल्गुनन्द पदमार्ग निर्माण भइरहेकाले पौवाभञ्ज्याङ, साधुटार, सुकेपोखरी, लोहाकिल, पाटेनागी, सिलौटी र लब्रेकुटी पर्यटकीय गन्तव्य बनेका छन्।

१ कात्तिक, काठमाडौं । विश्वकै तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा, कुम्भकर्ण (फक्तालुङ) लगायतका हिमशृङ्खला लस्करै टल्किएका छन् । पाँचथरको पौवाभञ्ज्याङबाट देखिने यी हिमालको दृश्य मनमोहक देखिन्छ ।

पौवाभञ्ज्याङ पुगेका जीवन राईले टल्किएका हिमाल देखेपछि टिप्पणी गरे, ‘मौसमले दशैंलाई स्वागत गर्‍यो है !’
उनले भनेझैँ केही दिनअघिसम्म बिग्रिएको मौसममा सुधार आएको छ । मौसम खुलेसँगै हिमाल टलक्क टल्किन थालेका छन् ।

मेची राजमार्ग भएर यात्रा गर्नेहरूले समेत बाटैबाट हिमालको सुन्दर दृश्य नियाल्न पाउँछन् ।

पौवाभञ्ज्याङबाट एकातिर कञ्चनजङ्घा हिमशृङ्खला देखिन्छ भने अर्कातिर मकालु हिमालको दृश्यले मन लोभ्याउँछ ।

घरघरका आँगनमा रङ्गीबिरङ्गी फूल फुलेका छन् । वरपरका डाँडाकाँडा पनि उत्तिकै सुन्दर देखिएका छन् ।

‘यो क्षेत्र घुम्नका लागि अहिले उपयुक्त समय हो,’ पौवाभञ्ज्याङका दावा शेर्पाले भने ।

उनका अनुसार यहाँबाट सूर्योदय, सूर्यास्त, हिमाल र आसपासका डाँडाकाँडाको दृश्यावलोकन गर्न सकिन्छ ।

नजिकै रहेको साधुटारको पोखरीमा समेत हिमालको प्रतिबिम्ब टल्किएको देखिन्छ ।

पौवाभञ्ज्याङ, साधुटार, सुकेपोखरी, लोहाकिल, पाटेनागी, सिलौटी र लब्रेकुटीलगायतका स्थान यहाँका आकर्षक गन्तव्य हुन् ।

यस क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि फाल्गुनन्द पदमार्गसमेत निर्माण भइरहेको छ ।

हिमाली दृश्यावलोकन, स्थानीय खानपान र पदयात्रा यहाँका मुख्य आकर्षण हुन् ।

धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेका सिलौटी र लब्रेकुटीले पनि यस क्षेत्रको पर्यटकीय आकर्षण बढाएका छन् ।

दशैंको बिदामा प्रकृतिसँग रमाउन चाहनेका लागि पाँचथरका यी गन्तव्य उपयुक्त विकल्प हुन सक्छन् ।

खुलेको आकाश, टल्किएका हिमाल, पोखरीमा देखिने प्रतिबिम्ब र रङ्गीबिरङ्गी फूलले पौवाभञ्ज्याङ क्षेत्रलाई यतिबेला अझ मनमोहक बनाएका छन् ।

 

लेखक
गिरिराज बाँस्कोटा

बाँस्कोटा अनलाइनखबरका पाँचथर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?