+
+
Shares

जर्मनीस्थित हिटलरको घरमा आगलागी, एक शङ्कास्पद व्यक्ति नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ७ गते १८:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जर्मनीको बभेरियास्थित एडोल्फ हिटलरको केल्स्टाइन हाउसमा शुक्रबार आगलागी भएको छ र प्रहरीले एक शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ।
  • ट्रोनस्टाइनका आपतकालीन सेवाले राति ९:१५ बजे आगलागीको सूचना पाएपछि करिब २०० कर्मचारी परिचालन गरेका थिए, तर शनिबार बिहानसम्म आगो निभिसकेको थिएन।
  • इगल्स नेस्ट नामले चिनिने यो भवन दोस्रो विश्वयुद्धमा हिटलर र उनका नजिकका व्यक्तिहरूले प्रयोग गर्ने नाजी परिसरको हिस्सा थियो।

७ कात्तिक, काठमाडौं । जर्मनीको दक्षिणी राज्य बभेरियास्थित एडोल्फ हिटलरको घर केल्स्टाइन हाउसमा शुक्रबार आगलागी भएको छ।

बीबीसीका अनुसार, यस घटनामा प्रहरीले एक शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ। यस भवनलाई ‘इगल्स नेस्ट’ को नामले पनि चिनिन्छ।

ट्रोनस्टाइनका आपतकालीन सेवा अधिकारीहरूलाई शुक्रबार राति स्थानीय समयानुसार ९:१५ बजे यस भवनमा आगलागी भएको सूचना प्राप्त भएको थियो। दमकलकर्मीहरू घटनास्थलमा पुग्दा भवन आगोको ज्वालाले घेरिएको थियो।

प्रहरीका अनुसार, दुर्गम इलाका भएका कारण आगो निभाउने काममा कठिनाइ भइरहेको थियो। शनिबार बिहानसम्म पनि आगो बलिरहेकै थियो। घटनास्थलमा आपतकालीन सेवाका करिब २०० जना कर्मचारी तैनाथ गरिएको थियो। घटनामा कोही पनि घाइते भएको खबर छैन।

बेर्स्टेसगाडेन सहरभन्दा माथि अवस्थित यो आश्रयस्थल ती भवनहरूमध्ये एक थियो, जसको प्रयोग नाजी तानाशाह हिटलर र उनका नजिकका व्यक्तिहरूले दोस्रो विश्वयुद्धको समयमा गर्थे।

हिटलर र नाजी शासनका शीर्ष अधिकारीहरूले सन् १९४१ मा सोभियत सङ्घमाथि आक्रमणको योजना बनाउन नजिकै रहेको आफ्नो निवास ‘बर्गहोफ’ को प्रयोग गरेका थिए। यो सम्पूर्ण परिसरलाई हिटलरका प्रमुख अखडाहरूमध्ये एक मानिन्थ्यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?