+
+
Shares

स्टाफ कलेजको कार्यकारी निर्देशकमा पूर्वसचिव घिमिरे नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १० गते १२:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वसचिव डा. रामप्रसाद घिमिरे नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्त भएका छन् ।
  • मन्त्रालयले खुला प्रतिस्पर्धाबाट छनोट गरेर घिमिरेलाई कार्यकारी निर्देशक बनाएको हो ।
  • सचिव मदन भुजेलबाट घिमिरेले नियुक्तिपत्र बुझेका छन् ।

१० कात्तिक, काठमाडौं । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) को कार्यकारी निर्देशकमा पूर्वसचिव डा. रामप्रसाद घिमिरे नियुक्त भएका छन् ।

केही महिनाअघि मात्रै निजामती सेवाबाट अनिवार्य अवकाश पाएका घिमिरेले स्टाफ कलेजको कार्यकारी नेतृत्वको जिम्मेवारी पाएका हुन् ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलबाट घिमिरेले नियुक्तिपत्र बुझिसकेका छन् ।

यसअघि स्टाफ कलेजको कार्यकारी निर्देशक पदमा मन्त्रिपरिषद्बाट सीधै नियुक्ति गर्ने अभ्यास रहेकोमा यसपटक खुला प्रतिस्पर्धाबाट छनोटको विधि अपनाइएको थियो ।

कार्यकारी निर्देशक पदका लागि आवेदन दिएकाहरुमध्ये डा. रामप्रसाद घिमिरेसहित गोकर्णमणि दुवाडी, डिल्लीराम शर्मा र बाबुराम अधिकारी र अञ्जु मिश्र संक्षिप्त सूचीमा थिए । तीमध्ये अन्तर्वार्ता, प्रस्तुतीकरण र योग्यता परीक्षण समेतका आधारमा घिमिरे नियुक्त भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?