News Summary
Generated by OK AI. Editorially reviewed.- शिक्षामन्त्री सस्मित पोखरेल र साइप्रसका गैरआवासीय राजदूत इभागोरस भ्रीयोनिडेसबीच उच्च शिक्षामा सहकार्य विस्तार र नेपाली विद्यार्थीका विषयमा छलफल भएको छ।
- पोखरेलले विदेशमा अध्ययन गर्न जाने नेपालीलाई एनओसी र शैक्षिक उपाधिको समकक्षता निर्धारण प्रक्रिया सहज बनाउन मन्त्रालयले काम गरिरहेको बताउनुभयो।
- उहाँले समकक्षता निर्धारण त्रिभुवन विश्वविद्यालयबाट सरेर विश्वविद्यालय अनुदान आयोगमार्फत भइरहेको र नीतिगत सुधार भइरहेको उल्लेख गर्नुभयो।
१० कात्तिक, काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत इभागोरस भ्रीयोनिडेसबीच भेटवार्ता भएको छ ।
भेटमा उच्च शिक्षामा सहकार्य विस्तार तथा साइप्रसमा अध्ययनरत नेपाली विद्यार्थीका विषयमा छलफल भएको मन्त्री पोखरेलको सचिवालयले जनाएको छ ।
‘सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा मङ्गलबार भएको भेटवार्तामा दुई देशबिचको द्विपक्षीय सम्बन्ध, आपसी हित, उच्च शिक्षामा सहकार्य र साइप्रसमा अध्ययनरत नेपाली विद्यार्थीको हितका विषयमा छलफल भएको हो,’ सचिवालयको प्रेस नोटमा लेखिएको छ
भेटमा शिक्षामन्त्री पोखरेलले विदेशमा उच्च शिक्षा अध्ययन गर्न जाने नेपाली विद्यार्थीलाई वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) उपलब्ध गराउने तथा विदेशबाट प्राप्त शैक्षिक उपाधिको नेपालमा समकक्षता निर्धारण गर्ने प्रक्रियालाई सहज बनाउन मन्त्रालयले आवश्यक काम गरिरहेको जानकारी पनि गराएका थिए ।
उनले विगतमा त्रिभुवन विश्वविद्यालयबाट हुँदै आएको शैक्षिक उपाधिको समकक्षता निर्धारणसम्बन्धी कार्य अहिले विश्वविद्यालय अनुदान आयोगमार्फत भइरहेको जानकारी गराउँदै यस प्रक्रियामा आवश्यक नीतिगत सुधारका कामसमेत भइरहेको उल्लेख गरेको उनको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया 4