+
+
Shares

अनि उड्यो ‘रोल्पा एयर, मेड इन नेपाल’

एक साताको मिहिनेतमा तयार पारेको नमूना जहाजको नाम उनले ‘रोल्पा एयर, मेड इन नेपाल’ राखेका छन् ।

सूर्यप्रकाश बुढामगर सूर्यप्रकाश बुढामगर
२०८३ कात्तिक १३ गते ८:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रोल्पाको सुनिलस्मृति गाउँपालिका–३ का १७ वर्षीय सुनिल विष्टले एक सातामा बनाएको रिमोट कन्ट्रोल नमूना जहाज उडाएका छन् ।
  • कक्षा ११ मा अध्ययनरत विष्टले ‘रोल्पा एयर, मेड इन नेपाल’ नामको जहाज बनाउन करिब एक लाख रुपैयाँ खर्च लागेको बताए ।
  • विष्टले आवश्यक स्रोतसाधन र आर्थिक सहयोग पाए भविष्यमा फाइटर जेटदेखि रकेटसम्म बनाउन सक्ने आत्मविश्वास व्यक्त गरे ।

१३ कात्तिक, रोल्पा । रोल्पाका १७ वर्षीय एक युवकले नमूना जहाज बनाएर उडाएका छन् । सुनिलस्मृति गाउँपालिका–३, मिझिङका सुनिल विष्टले आफैँले निर्माण गरेको रिमोट कन्ट्रोल (आरसी) जहाज उडाएका हुन् ।

एक साताको मिहिनेतमा तयार पारेको नमूना जहाजको नाम उनले ‘रोल्पा एयर, मेड इन नेपाल’ राखेका छन् ।

विज्ञान विषयका विद्यार्थी विष्टले उक्त नमूना जहाज निर्माण गर्न करिब एक लाख रुपैयाँ खर्च लागेको बताएका छन् । कक्षा ११ मा अध्ययनरत विष्टले भने, ‘यो एक किलोमिटरसम्म उड्न सक्ने क्षमताको छ ।’

कक्षा ११ मा अध्ययनरत विष्टले रिसिभर, ट्रान्समिटर र मोटरलगायत स्थानीय स्तरमा उपलब्ध सीमित स्रोतसाधन प्रयोग गरी नमूना जहाज तयार पारेका हुन् ।

‘आवश्यक स्रोतसाधन, आर्थिक सहयोग र अवसर पाए भविष्यमा लडाकु विमान (फाइटर जेट) देखि रकेटसम्म बनाउन सक्ने आत्मविश्वास छ,’ उनले भने, ‘असम्भव भन्ने केही छैन । राज्यले साथ र सहयोग गरेमा सम्भव छ ।’

छोराको सिर्जनात्मक कामप्रति उनका बुबा मेघनाथ विष्ट पनि खुसी छन् । छोराको प्रतिभालाई सहयोग गर्न आफू तयार रहेको बताउँदै उनले अन्यले पनि सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।

 

लेखक
सूर्यप्रकाश बुढामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?