+
+
Shares

‘गौंथली’ को अन्तर्राष्ट्रिय उडान

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १३ गते ११:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ‘वर्ल्ड फिल्म फेस्टिभल इन क्यान्स’मा नेपाली कथानक फिल्म ‘गौँथली’ले ‘वेस्ट फरेन सिनेमा’को अवार्ड जितेको छ।

काठमाडौं । ‘वर्ल्ड फिल्म फेस्टिभल इन क्यान्स’मा नेपाली कथानक चलचित्र ‘गौँथली’ले ‘वेस्ट फरेन सिनेमा’को अवार्ड जितेको छ ।फ्रान्समा मासिक र वार्षिक रुपमा हुने यो अवार्डमा ‘गौँथली’ले ‘वेस्ट फरेन सिनेमा’को अवार्ड हात पारेको हो ।

यो फेस्टिभललाई ‘वर्ल्ड फिल्म फेस्टिभल इन क्यान्स’ रिभेम्बर द फ्युचर पनि भनिन्छ । यो फ्रान्सको क्यान्समा आयोजना हुने फिल्म फेस्टिभल हो । यो फेस्टिभलमा मासिक रूपमा अनलाइन सबमिट हुन्छ भने मासिक/वार्षिक रूपमा भौतिक स्क्रिनिङ, रेड कार्पेट र अवार्ड समारोह हुने गरेको छ ।

यो सफलतालाई चलचित्र ‘गौँथली’का निर्देशक र निर्माताले यसलाई ‘गौँथली’ को अन्तर्राष्ट्रिय उडान भनेका छन् ।

‘आज मन गर्वले भरिएको छ, अनि आँखामा खुसीका आँसु छन् । २५ वर्षअघि मेरा बुबा डा. भोला रिजालले निर्माण गर्नुभएको गीतिचलचित्र ‘गौँथली’ को त्यही भाव, त्यही माया र त्यही विरासतलाई आत्मसात् गर्दै मैले नयाँ पुस्तासम्म नयाँ ढंगले पुर्‍याउने एउटा सानो प्रयास मात्र गरेको हुँ’ ‘गौँथली’का निर्देशक डा. कपिल रिजाल भन्छन्, ‘तर, आज ‘गौँथली’ ले जुन माया, साथ र सफलता प्राप्त गरेको छ, त्यसले मन भावुक बनाएको छ ।’

उनले ‘गौँथली’ केवल एउटा चलचित्र मात्र नभएर यो भावना, सपना र नेपाली चलचित्रप्रतिको प्रेमसँग जोडिएको एउटा सुन्दर यात्रा भएको बताएका छन् ।

उनले यो सफलतालाई व्यक्तिगत सफलतामात्र नभएर सम्पूर्ण ‘गौँथली’ टिमको जित भएको बताएका छन् ।

अरुण क्षेत्री र सिम्रन खड्काको मुख्य भूमिका रहेको ‘गौँथली’ अहिले पनि प्रदर्शनरत छ । प्रदर्शनको 100 दिन मनाइसकेको सिनेमाले २६ करोडमाथिको व्यापार गरिसकेको छ । यो नेपाली सिनेमा उद्योगको सबैभन्दा धेरै कमाउने दोस्रो सिनेमा बनिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?