News Summary
Generated by OK AI. Editorially reviewed.- जीवन सुनुवार निर्देशित ‘भकुण्डे भुत’ले काठमाडौं फिल्म फेस्टिभलको ‘सर्ट फिल्म च्यालेन्ज’ अवार्ड जितेको छ ।
- ‘माइ कल्चर, माइ हेरिटेज’ शीर्षकमा प्राप्त ३५ भिडियोमध्ये ‘भकुण्डे भुत’ ४ मिनेट ५५ सेकेन्डको भिडियोका रूपमा छनोट भएको हो ।
- समारोहमा पहिलो, दोस्रो र तेस्रो हुने भिडियो निर्मातालाई क्रमशः १ लाख ५० हजार, १ लाख र ५० हजार रुपियाँ पुरस्कार दिइएको छ ।
काठमाडौं फिल्म फेस्टिभलमा ‘सर्ट फिल्म च्यालेन्ज’ अवार्ड जीवन सुनुवार निर्देशित ‘भकुण्डे भुत’ले जितेको छ। ‘माइ कल्चर, माइ हेरिटेज’ शीर्षकमा प्राप्त भएका सर्ट भिडियोमध्ये निर्णायक मण्डलबाट छानिएका परम्परागत विश्वास तथा रहस्यमा आधारित ४ मिनेट ५५ सेकेन्डको भिडियोले अवार्ड जितेको हो। यस च्यालेन्जका लागि ३५ वटा भिडियो प्राप्त भएका थिए।
च्यालेन्जमा अनुभव श्रेष्ठले निर्देशन गरेको ‘द सोल अफ गुठि’ले दोस्रो स्थान र सौगात सापकोटाले निर्देशन गरेको ‘झीँगु छेँः (मेरो घर)’ले तेस्रो स्थान प्राप्त गरेको छ।
निर्णायकबाट छानिएका सर्ट भिडियोहरूको प्रदर्शन गर्दै आज राष्ट्रिय सभा गृहमा आयोजित समारोहमा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गरेका भिडियो निर्माता तथा निर्देशकहरूलाई क्रमशः १ लाख ५० हजार, १ लाख र ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरियो। काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल, अभिनेता विजय बराल र अभिनेत्री सुरक्षा पन्तले विजेताहरूलाई प्रमाणपत्र, पुरस्कार र अवार्ड प्रदान गरेका हुन्।
प्रतिक्रिया 4