+
+
Shares

पटका सहित दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १६ गते १२:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवनमा प्रहरीले करिब २ लाख रूपैयाँ बराबरका पटका सहित भारतका ४१ वर्षीय सञ्जय शाह तेलीलाई पक्राउ गरेको छ।
  • भरतपुर महानगरपालिका–३ बाह्रघरेमा बस्ने २९ वर्षीय राज जयसवाललाई करिब ८६ हजार रूपैयाँ बराबरका पटका र नगद सहित प्रहरीले पक्राउ गरेको छ।
  • दुवैको कोठा तलासी गर्दा पटका फेला परेको प्रहरीले जनाएको छ र अनुसन्धान जारी रहेको छ।

१६ कात्तिक, चितवन । चितवनमा पटकासहित २ जना पक्राउ परेका छन् ।

कालिका नगरपालिका–६ हरियार टोल पदमपुर डेरा गरी बस्ने भारत मतियारी लक्ष्मीपुर लौखान–१६ घर भएका ४१ वर्षीय सञ्जय शाह तेली र भरतपुर महानगरपालिका–३ बाह्रघरे डेरा गरी बस्ने भारत मतियारी पटझिलवा–८ घर भएका २९ वर्षीय राज जयसवाल पक्राउ परेका हुन् ।

तेलीलाई करिब २ लाख रूपैयाँ बराबरको विभिन्न किसिमका पटका सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पटकाहरू फेला पारी पक्राउ गरेको हो ।

जयसवाललाई करिब ८६ हजार रूपैयाँ बराबरको विभिन्न किसिमका पटका, १५ हजार भारतीय रूपैयाँ  र १ लाख ४८ हजार ३ सय नेपाली रूपैयाँ सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पटकाहरू फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?