+
+
Shares

गुल्मीमा भिरबाट लडेर महिलाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १८ गते १२:३४

१८ कात्तिक, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–४ सेतीखोलास्थित डुङडुङे भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धुर्कोट गाउँपालिका–६ घर भई हाल रेसुङ्गा नगरपालिका–२ छापटोलामा भाडामा बस्दै आएकी ३७ वर्षीया तारा बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

बुधबार बिहान करिब १० बजे उनी भिरबाट लडेर मृत अवस्थामा रहेको खबर प्राप्त भएपछि घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीले उद्दार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?