News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेता हरिवंश आचार्यले चलचित्र ‘पाँच पाण्डव’ ले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको बताएका छन् ।
- उनले हलमा भेटिएका दर्शकले फिल्म मन पराएको र यसलाई परिवारसहित हेर्न मिल्ने फेमिली ड्रामा भनेको बताए ।
- धर्मको नाममा कसैलाई नराम्रो नदेखाइएको उनले प्रस्ट पारेका छन् ।
काठमाडौं । अभिनेता हरिवंश आचार्यले चलचित्र ‘पाँच पाण्डव’ ले राम्रो प्रतिक्रिया पाइरहेको बताएका छन् । दर्शक भेट्न र प्रतिक्रिया लिन हल पुगेका उनले दर्शकले फिल्म मन पराइरहेको दावी गरेका छन् ।
‘सिनेमा हेर्न आउनु भएका दर्शकले फिल्म राम्रो लागेको बताउनु भएको छ । हेर्नेजति दर्शकले मनपरेको बताउनुभएको छ’ हरिवंशले भने, ‘फेमिली ड्रामा सबै परिवारसहित हेर्न मिल्ने फिल्म भन्नुभएको छ ।’
सुरुमा सिनेमाको विषयमा आएको विवादबारे उनले धर्मको नाममा कसैलाई पनि नराम्रो नदेखाइएको प्रस्ट पारे । फिल्म रिलिज भएपछि यो प्रमाणित भएको उनको भनाइ छ ।
बसन्त निरौलाले निर्देशन गरेको ‘पाँच पाण्डव’ मा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिक्देल, सुशील सिटौला, इभा गिरीलगायत कलाकार मुख्य भूमिकामा छन् ।
प्रतिक्रिया 4