+
+
Shares

राप्ती नदीमा डुबेर एक बालकको मृत्यु

रासस रासस
२०८३ कात्तिक २४ गते १६:३९

२४ कात्तिक, घोराही । राप्ती नदीमा डुबेर आज एक बालकको मृत्यु भएको छ ।

दाङको तुलसीपुर उपमहानगरपालिका–६ गोलौरा निवासी खडकसिंह डाँगीका ६ वर्षीय छोरा किशन डाँगी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

राजपुर गाउँपालिका–७ हाटबासस्थित मामाको घरमा आएका बेला उनी राप्ती नदीमा आज बिहान ११ बजे नुहाउने क्रममा डुबेका थिए ।

नदीमा डुबेर अचेत भएका बालक किशनलाई लमही अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

मृतक बालकको शव हाल लमही अस्पतालमा राखिएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?