News Summary
Generated by OK AI. Editorially reviewed.- तारा अधिकारीको निर्देशनमा बनेको फिल्म ‘तिलस्मी’ को पोस्टर सार्वजनिक गरिएको छ।
काठमाडौं । तारा अधिकारीको निर्देशनमा निर्माण भएको फिल्म ‘तिलस्मी’ को पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा फिल्मका तीन प्रमुख पात्रलाई रोचक र आकर्षक शैलीमा प्रस्तुत गरिएको छ।
सुनौलो तारा मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्मको पोस्टरमा कलाकारहरू जाहन्वी बस्नेत, सुनिशा बजगाईं र महेश खड्का देखिएका छन् । तीन पात्रलाई एकअर्कासँग जोडिएको फरक शैलीमा प्रस्तुत गरिएको पोस्टरले फिल्मको विषयवस्तुप्रति दर्शकमाझ कौतूहल सिर्जना गर्ने संकेत गरेको छ ।
आगामी पुस २४ गतेदेखि प्रदर्शनमा आउन लागेको यस फिल्ममा जाहन्वी बस्नेत, सुनिशा बजगाईं, महेश खड्का, आरजे सिंह, रश्मी भट्ट, भविष्य कार्की र सुभाष भण्डारीलगायतका कलाकारको अभिनय रहेको छ । फिल्मको कथा, निर्माण तथा निर्देशन तारा अधिकारीले गरेकी हुन् । गीतकारसमेत रहेकी अधिकारीको यो पहिलो फिल्म निर्देशन हो । पटकथा तथा संवाद बाबुराम निरौलाले लेखेका छन् । फिल्ममा किरण कँडेल र लेखु सहयात्रीले संगीत दिएका छन् ।
प्रतिक्रिया 4