+
+
Shares

बालेनबारे नयाँ दिल्लीमा मोदीले भने– क्लियर भिजन र कमिटमेन्ट महसुस गरेको छु

मोदीले भनेका छन्, ‘नेपालको जनताले जुन ऐतिहासिक जनादेश दिएको छ, त्यसले नेपालका नयाँ पिढीँको आकांक्षा देखाउँछ ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ७ गते १३:५५

७ मंसिर, काठमाडौं । भारती प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन शाहको प्रसंशा गर्दै क्लियर भिजन र कमिटमेन्ट बोकेको नेताको रुपमा आफूले महसुस गरेको बताएका छन् ।

नयाँ दिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री मोदीले यस्तो बताएका हुन् ।

‘नेपालको भविष्य र भारत नेपाल सम्बन्धको लागि उनको क्लियर भिजन र कमिटमेन्टको महसुस गरेको छु,’ मोदीले भनेका छन्, ‘नेपालको जनताले जुन ऐतिहासिक जनादेश दिएको छ, त्यसले नेपालका नयाँ पिढीँको आकांक्षा देखाउँछ ।’

उनले भारत सधैं सशक्त र समृद्ध नेपाल विकास यात्रामा सहभागी हुँदै आएको र अझै पनि सँगै अघि बढ्ने बताए ।

‘भारत एक सशक्त र समृद्ध विकास यात्रामा सधैं सहभागी हुँदै आएको छ । आफ्नो सम्बन्धको नयाँ उचाइका साथ अघि बढाउन महत्त्वपूर्ण निर्णय लिएका छौं,’ मोदीले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?