+
+
Shares

माइतीघरमा हिंसा, विभेद र छुवाछुतको अन्त्य गर्न भन्दै प्रदर्शन (तस्वीरहरू)

प्रदर्शनमा सहभागीहरूले महिलामाथि हुने सबै प्रकारका विभेद, हिंसा र छुवाछुत अन्त्य गर्न सरकारसँग माग गरेका छन् ।

आर्यन धिमाल आर्यन धिमाल
२०८३ मंसिर ९ गते १७:०८

९ मंसिर, काठमाडौं । महिला तथा बालबालिकामाथि हुने सबै प्रकारका हिंसा, विभेद र छुवाछुत अन्त्य गर्न माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको सन्दर्भमा बुधबार युथ एड्भोकेसी नेपाल र एक्शन एडको आयोजनामा प्रदर्शन गरिएको हो । प्रदर्शनमा सहभागीहरूले महिलामाथि हुने सबै प्रकारका विभेद, हिंसा र छुवाछुत अन्त्य गर्न सरकारसँग माग गरेका छन् ।

उनीहरूले राज्यका प्रत्येक तहमा महिलाको अर्थपूर्ण सहभागिता र नेतृत्व सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् ।

त्यस्तै, रोजगार तथा स्वरोजगारमा महिलाको पहुँच सुनिश्चित गर्न, बालबालिकाको समावेशी र गुणस्तरीय शिक्षाको अधिकार स्थापित गर्न तथा महिलामाथि हुने डिजिटल हिंसा, घृणा र अनलाइन बुलिङ अन्त्य गर्न माग गरेका छन् ।

आयोजकले महिलाको अधिकार, समानता र सुरक्षित समाज निर्माणका लागि राज्यका सबै निकाय जिम्मेवार बन्नुपर्ने सन्देशसहित प्रदर्शन आयोजना गरेको जनाएको छ ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वव्यापी रूपमा सञ्चालन हुँदै आएको छ ।

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?