+
+
Shares

अर्को नियुक्ति नभएसम्म कोशी प्रदेश प्रमुखको जिम्मेवारी मधेश प्रदेश प्रमुखले सम्हाल्ने

यसअघि कोशी प्रदेश प्रमुख पर्शुराम खापुङ थिए । उनी आफ्नो पाँच वर्षे कार्यकाल पूरा गरी कात्तिक २३ गते पदबाट बिदा भएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १० गते १६:२१

१० मंसिर, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेशको प्रदेश प्रमुख पदमा अर्को नियुक्ति नभएसम्मका लागि मधेश प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णलाई कार्यभार तोकेका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा  नेपालको संविधानको धारा १६५ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले मधेश प्रदेश प्रमुख कर्णलाई कोशी प्रदेश प्रमुखको कार्यभारसमेत सम्हाल्ने गरी जिम्मेवारी तोकेका हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले बुधबार विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।

यसअघि कोशी प्रदेश प्रमुख पर्शुराम खापुङ थिए । उनी आफ्नो पाँच वर्षे कार्यकाल पूरा गरी कात्तिक २३ गते पदबाट बिदा भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?