+
+

वीर अस्पतालमा डेढ वर्षपछि सञ्चालनमा आयो मिर्गौला प्रत्यारोपण सेवा

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ८ गते १६:१०

८ भदौ, काठमाडौं । वीर अस्पतालको नयाँ सर्जिकल भवनमा मात्रै कोरोना संक्रमितको उपचार हुन थालेपछि वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा पुनः सुरु हुने भएको छ ।

कोरोना संक्रमणका कारण रोकिएको प्रत्यारोपण सेवा पुन: सुचारु गर्ने निर्णय गरेको कोभिड-१९ यूनिफाइड केन्द्रीय अस्पताल वीरका प्रमुख कार्यकारी अधिकारी डा भुपेन्द्र बस्नेतले बताए ।

उनका अनुसार मिर्गौला प्रत्यारोपण कमिटिको मंगलबार बिहान बसेको बैठकले प्रत्यारोपण सुरु  गर्ने निर्णय गरेको हो ।

देशम पहिलो पटक लकडाउन भएपछि २०७६ चैत ११ गतेबाट वीरमा प्रत्यारोपण सेवा रोकिएको थियो । किनकी वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण पछि बिरामीलाई भर्ना गर्ने ट्रान्सप्लान्ट वार्डमा डायलायसिस गर्नुपर्ने कोरोना संक्रमितलाई सेवा दिन थालिएको थियो ।

‘अहिले कोभिडको सबै सेवा सर्जिकल भवनमा सार्‍यौं। अब अस्पतालको पुरानो भवनमा नन-कोभिड सेवा सुरु गर्न लागेका हौ,’ डा. बस्नेतले भने, ‘नन-कोभिडका बिरामी मारमा नपरुन भनेर यस्तो निर्णय गरिएको हो ।’

मिर्गौला प्रत्यारोपणका लागि चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीको टोली तयारी अवस्थामा रहेको बस्नेत बताउँछन् । उनका अनुसार बिरामीको चापको आधारमा सातामा दुईजनासम्म बिरामीको मिर्गौला प्रत्यारोपण गर्ने गरी तयारी भएको छ । ‘हामीले बिरामी आउनासाथ सेवा सुचारु गर्छौं, मिर्गौला प्रत्यारोपण गर्ने सोचमा रहेका बिरामीलाई सेवा लिन आउन आग्रह गर्छु’ डा. बस्नेतले भने ।

मिर्गौला प्रत्यारोपण गर्ने चिकित्सकको टोलीमा डा. पारसमणि श्रेष्ठ, डा. अनिल श्रेष्ठ, डा. रविन बस्नेत, डा. पुकार चन्द्र श्रेष्ठ, डा. रजनी हाडा, डा. अनिल बराल लगायतका चिकित्सकहरु छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?