+
+

२ सय १४ वर्ष पुरानो नासः मन्दिरको जिर्णोद्धार

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २६ गते १९:२२

२६ भदौ, काठमाडौं । २ सय १४ वर्ष पुरानो मानिने नासः मन्दिरको जिर्णेद्वारा सम्पन्न भएको छ । जिर्णेद्वारा सम्पन्न भएपछि शनिबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्र शाक्यले नासः मन्दिरको उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रममा मेयर शाक्यले सम्पदा संरक्षण र पुर्ननिर्माणको अभियानमा काठमाडौँ महानगरपालिका निरन्तर लागि रहेको बताए । प्रमुख शाक्यको गृह वडा–२१ को सवल बहालमा रहेको उक्त मन्दिरको उद्घाटनपछि सम्वोधन गर्दै शाक्यले भने, ‘कला, संस्कृति र सम्पदाको संरक्षण र संर्वद्धनको अभियानमा हामी योजना बनाएर लागेका छौँ ।’

उहाँले २०७२ सालको भूकम्पमा भत्केका काष्ठमण्डप, मठ मन्दिर, चैत्य, बहाललगायतका सम्पदा पुनर्निर्माणको अभियानमा काठमाडौं महानगरपालिकाका लागेको स्मरण गराए ।

उनले नासः मन्दिर यो क्षेत्रको ऐतिहासिक सम्पदा रहेको पनि बताए । ‘यो तल्लो भेगलाई तल नै परेको ठाउँ भनिन्थ्यो, तर अहिले यो ठाउँले विकास गरी माथि आइसकेको छ,’ उनले भने, ‘पहिले पहिले यो सबल बहालमा आउने मानिसहरू नाक थुनेर आउने गर्थे, अहिले आफूलाई सबल बहालको नागरिक भन्दा गर्व गर्न सक्ने अवस्था आएको छ । यसको गौरव अझ बढाउन हामीले आर्थिक समृद्धि गर्नुपर्दछ ।’

शाक्यले आर्थिक समृद्धि भए रैथाने थातथलोको घर बेचेर अन्त जानु पर्ने अवस्था नआउने बताए । ‘यसको लागि सबैभन्दा पहिले घरको दाजुभाइहरू मिल्नु, त्यसपछि परिवार मिल्नु प¥यो,’ उनले भने, ‘त्यो भयो भने टोल र समाज पनि मिल्न सकिन्छ ।’

शाक्यले आफु यहि क्षेत्रको जनप्रतिनिधि भएकाले आफ्नो तहबाट विकासका लागि कुनै कमी हुन नदिने भन्दै प्रदेशमा यहि क्षेत्रका माननीय डाक्टर अजयक्रान्ति शाक्य मन्त्री हुनु भएको स्मरण गराए । ‘प्रदेशबाट आवश्यक काम प्रदेश मन्त्रीले गर्नुहुन्छ,’ कार्यक्रममा उपस्थित पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठतिर संकेत गर्दै भने, ‘केन्द्रबाट पर्ने सहयोग उहाँबाट हुन्छ ।’

कार्यक्रमलाई सम्वोधन गर्दै पूर्वमन्त्री समेत रहनु भएका कृष्णगोपाल श्रेष्ठ २०७२ सालको भूकम्पमा भत्केको काष्ठमण्डप, मठ मन्दिर, चैत्य, बहालहरू जम्मै अहिले काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको नेतृत्वमा पुनर्निर्माण भइसकेको बताए ।

नासः मन्दिर जिर्णाेद्घार कमिटीका अध्यक्ष लक्ष्मीनारायण पोडेले उक्त मन्दिर नेपाल सम्मत् ९२७ अर्थात् वि.संंं १८६४ मा निर्माण भएको भन्दै हाल जिर्ण भै भत्किने अवस्थामा पुगेकाले काठमाडौँ महानगरपालिका हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमको आर्थिक सहयोग र कमिटीको सक्रियतामा जिर्णाेद्घार गरेको बताए । कमिटीले दिएको जानकारी अुनसार महानगरपालिकाले ४८ लाख सहयोग गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?