काठमाडौं । सानिमा बैंक लिमिटेडले विराटनगरको कञ्चनबारीमा आफ्ना शाखा विस्तार गरेको छ ।
बैंकका ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले शुक्रबार एक कार्यक्रमका बीच शाखाको उद्घाटन संयुक्त रुपमा गरेका छन् ।
शाखाका उद्घाटन गर्दै कलाकारद्वय श्रेष्ठ र आचार्यले विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4