
प्रतिकुल मौसमका कारण त्रिभुवन विमानस्थलमा गन्तव्यमा जान पर्खेर बसेका यात्रुहरु। तस्वीर सौजन्य: अजित अधिकारी
२ कात्तिक, काठमाडौं । निरन्तर वर्षाका कारण आन्तरिक विमानस्थलहरुमा मौसम बिग्रिएपछि हवाई उडान प्रभावित भएको छ ।
विमानस्थल कार्यालयका अनुसार मंगलबार बिहानका लागि निर्धारित लुक्लाका अधिकांश उडान रद्द भएका छन् । विराटनगर र जनकपुर विमानस्थल भर्खरै खुलेका छन् ।
झापाको भद्रपुर विमानस्थल र पोखरा विमानस्थल भर्खरै खुलेसँगै उडान शुरु भएको छ । उचाई चलचित्रको सुटिङमा रहेको बलिउड कलाकारहरुको टोलीलाई मनाङ लैजान आज तारा एयरले ६ उडानको तालिका राखेको थियो। तर, आज कुनै पनि उडान हुन सकेनन् ।
डोल्पा, जोमसोम र तुम्लिङटारका लाठिग निर्धारित उडानहरु समेत प्रभावित भएको कार्यालयले जनाएको छ । पहाडी भेगमा बाक्लो हुस्सुका कारण समेत हवाई उडान प्रभावित बनेको हो । आन्तरिक उडान प्रभावित भए पनि अन्तर्राष्ट्रिय उडान भने प्रभावित भएका छैनन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4