+
+

कैलालीको गौरीगंगामा शान्ति सिंह बनिन् एमालेको नगर अध्यक्ष

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १६ गते १४:२१

१६ कात्तिक, धनगढी । कैलालीमा महिलाको प्रतिनिधित्व गर्दै शान्ति सिंह पहिलो नगर अध्यक्षमा सर्वसम्मत चयन भएकी छन् । सोमबार सम्पन्न पार्टीको नगर अधिवेशनबाट सिंह गौरीगंगा नगरपालिकाको नगर अध्यक्ष बनेकी हुन् ।

यसअघि पार्टीको पागौरीगंगा नगर कमिटी सचिव रहेकी सिंह माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेकी नेतृ हुन् । सिंहले नेता र कार्यकर्ताको सल्लाहअनुसार एमालेलाई पहिलो पार्टी बनाउन भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरिन् ।

उनले हाल एकीकृत समाजवादी पार्टीका कारण विवादित बनेर प्रशासनको नियन्त्रणमा रहेको नगर कमिटीको कार्यालय पार्टीको मातहत ल्याउने पहिलो प्राथमिकता भएको बताएकी छन् ।

सिंह २०५९÷६० सालदेखि सक्रिय राजनीतिमा छिन् । नगर कमिटीको उपाध्यक्षमा पदमबहादुर ऐर, सचिवमा अमर छन्तेल, उपसचिवमा खेमानन्द पौडेल र प्रेम बिक सर्वसम्मत चयन भएका छन् । गौरीगंगामा सिंहको अध्यक्षतामा ७५सदस्यीय कमिटि गठन गरिएको छ ।

कैलालीका १३ वटा स्थानीय तहमा सोमबार नेकपा एमालेको पालिका अधिवेशन उद्घाटन गरिएपनि बन्दसत्र अझै सकिएका छैनन् । तर जिल्लाको चुरे गाउँपालिकामा भने चक्रबहादुर बोगटीको अध्यक्षतामा ७५ सदस्यीय कमिटी सर्वसम्मत चयन गरिएको एमाले कैलालीका अध्यक्ष रतन थापाले जानकारी दिए ।

अन्य पालिकामा पनि बन्दसत्र चलिरहेकाले मंगलबार साँझसम्म नेतृत्व चयन गरिसक्ने उनी बताउँछन् । सबै पालिकामा सहमतिका आधारमा नयाँ नेतृत्व चयन गर्ने रणनीतिका कारण केही ढिलाइ भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?