
‘मिस नेपाल’को आयोजक संस्था ‘द हिडन ट्रेजर’ले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विश्वका विभिन्न देशमा आयोजना हुने सौन्दर्य प्रतियोगिताका लागि नेपाली प्रतिस्पर्धीहरु तयार भएको बताएको छ ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा अमेरिकाको पुएर्तो रिकोमा डिसेम्बर १६ तारिखमा आयोजना हुन लागेको ‘मिस वर्ल्ड’मा भाग लिनका लागि ‘मिस वर्ल्ड नेपाल’ नम्रता श्रेष्ठ तयार भएको जानकारी दिइएको छ । नम्रता आउँदो साता अमेरिका प्रस्थान गर्दैछिन् ।
यस्तै, नोभेम्बरको तेस्रो साता आयोजना हुन लागेको ‘मिस अर्थ’मा ‘मिस अर्थ नेपाल’ सुप्रिया श्रेष्ठले भर्चुअल माध्यमबाट सहभागिता जनाउँदैछिन् । कोरोनाका कारण टोकियोमा आयोजना हुने भनिएको ‘मिस इन्टरनेशनल’ आयोजना नहुने जानकारी दिइएको छ ।
कार्यक्रममा ‘मिस नेपाल वर्ल्ड’ नम्रता श्रेष्ठले तयार पारेका दुईवटा भिडियो प्रस्तुत गरिएको थियो । नम्रताले परिचयात्मक भिडियो र ‘ब्युटी विथ पर्पस’का लागि धादिङमा निर्माण गरेको झोलुङ्गे पुलको भिडियो तयार पारेकी छन् । नम्रताले ‘ब्युटी विथ पर्पस’का लागि ५० लाखमा तयार पारेको झोलुङ्गे पुल यसै साताबाट प्रयोगमा आएको छ ।
कार्यक्रममा उनले भनिन्, ‘अब खोला तर्दा कसैको पनि मृत्यु नहोस् र कसैले पनि ज्यान गुमाउन नपरोस् ।’ नम्रताले आफूले उपाधि जित्नका लागि गिभअप नगर्ने पनि जानकारी दिइन् । यसका लागि आफूले तयारी पनि राम्रो गरेको उनको भनाइ छ । नम्रताले नेपालले यसअघि जित्दै आएका विधामा पनि आफूले राम्रो तयारी गरेको बताइन् ।
प्रतिक्रिया 4