+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

रामचन्द्रजीले देशको लागि ठूलो भूमिका निर्वाह गर्न बाँकी नै छ : देउवा

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २८ गते १०:४८

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेस सभापतिका उम्मेदवार तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको आवश्यकता पार्टीलाई एक बनाएर लैजानु भएको बताएका छन् ।

मंगलबार पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशन प्रतिनिधिका लागि आयोजना गरेको चियापान समारोहमा बोल्दै प्रम देउवाले कुनै व्यक्तिको विरोध गरेर पार्टी एकता नहुने बताए ।

चियापान सुरु हुन लाग्दा केही समय महाधिवेशन प्रतिनिधिले नाराबाजी गरेका थिए । नाराबाजी साम्य भएपछि भने, ‘अहिलेको आवश्यकता पार्टीलाई एक बनाएर लैजानु हो । कुनै व्यक्तिको विरोध गरेर पार्टी एकता हुन्छ ?’

उनले वरिष्ठ नेता पौडेललाई प्रसंशा गर्दै राजनीतिमा सक्रिय रहन आग्रह गरे । ‘रामचन्द्रजीको यो पार्टीमा धेरै योगदान छ’ उनले भने, ‘उहाँले आयोजना गरेको चियापानमा सहभागी हुन पाउँदा मैले आफूलाई भाग्यमानी ठानेको छु ।’

उनले पौडेलले देशको लागि धेरै ठूलो भूमिका निर्वाह गर्न बाँकी नै रहेको बताए । ‘तपाईं हामी सबैको नेता हो’ उनले भने, ‘भोलिका दिनमा तपाईंले धेरै ठूलो भूमिका निर्वाह गर्नुपर्ने छ ।’

चियापान समारोहमा देउवाको सन्देश थियो, ‘एक भएर अगाडि बढौं । राष्ट्रलाई योगदान गर्न सकौं । लोकतन्त्रको रक्षा गर्न सकौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?