+
+

चङ्गा उडाउन खोज्दा आफैं ३० फिटमाथि उडे, भाइरल बन्‍यो भिडियो

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ३० गते १५:१२

३० पुस, काठमाडौं । यतिबेला श्रीलंकामा भएको एक घटनाको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल बनिरहेको छ ।

श्रीलंकाको जाफ्नास्थित पोइन्ट पेड्रोमा आयोजित चङ्गा उडाउने प्रतियोगिताका क्रममा खिचिएको भिडियो भाइरल बनेको हो । भिडियोमा एउटा ठूलो चङ्गा उडाउन लाग्दा नदरस मनोहरनलाई चङ्गाले तानेर ३० फिटमाथि सम्म पुर्‍याएको देख्न सकिन्छ ।

प्रतियोगितामा मनोहरनसहित ६ जनाको एक टोलीले जुटको डोरीसहितको एउटा ठूलो चङ्गा उडाउने प्रयास गरेका थिए । चङ्गा आकाशमा विस्तारै उड्न थालेको थियो र मनोहरनले डोरी समातेर तलमाथि गरिरहेका थिए । सोही क्रममा चङ्गाको गति तीव्र बन्दा उनी डोरीसँगै ३० फिटमाथि पुगेका हुन् ।

उक्त दृश्य क्यामेरामा कैद गरिएको थियो । झण्डै १ मिनेट लगाएर मनोहरनलाई जमिनमा ओरालिएको थियो ।

चङ्गाको डोरी समातेर उडाउने क्रममा मनोहरनलाई चङ्गाले नै तानेको हो । झण्डै १२ मिटरमाथि चङ्गासँग आकाशमा उडेका उनलाई साथीहरूले निकै जोड गरेर जमिनमा तानेका थिए । आकाशबाट जमिनमा ओर्लने क्रममा उनलाई सामान्य चोटपटक मात्रै लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?