
१४ माघ, काठमाडौं। महानगरीय प्रहरी परिसरले बैंकिङ कसूरका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जनकपुरधाम उप-महानगरपालिका-८ घर भई काठमाडौंको बानेश्वर-१० मा बस्दै आएका ४९ वर्षीय कमल कुमार सिंह रहेका छन् ।
उच्च अदालत पाटनको २०७७ पुस १५ गतेको आदेश अनुसार सिंहले १५ लाख धरौटी बुझाउन नसक्दा डिल्लीबजार कारागारमा जेल चलान गरिएको थियो ।
महाराजगञ्जबाट खटिएको प्रहरीले सिंहलाई काठमाडौंको काँडाघारीबाट शुक्रबार पक्राउ गरेको जनाएको छ ।
सिंहले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्याएर एक जनालाई ६० लाख र अर्को एक जनालाई ६१ लाख बराबरको चेक भुक्तान हुने गरी दिएका थिए ।
पक्राउ परेका सिंहलाई शुक्रबार उच्चअदालत पाटट ७ दिनको म्याद लिइ थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसरले जनाएको छ । साथै सिंहले अन्य ब्यक्तिहरुलाईसमेत पीडित बनाएको हुन सक्ने भन्दै उजुरी गर्नसमेत आग्रह गरेको छ ।
प्रतिक्रिया 4