३ फागुन, काठमाडौं । इन्डियन सुपर लिग (आईएसएल) खेल्न नेपाली फुटबल खेलाडी अनन्त तामाङ बुधबार भारत जाने भएका छन् ।
राष्ट्रिय टिमका सेन्ट्रल डिफेण्डर अनन्त गत साता मात्रै इस्ट बंगाल क्लबमा अनुबन्धित भएका थिए ।
ए डिभिजन लिग क्लब थ्रीस्टारको उपकप्तान समेत रहेका अनन्तलाई मंगलबार क्लबले विदा गरेको थियो । थ्रीस्टार क्लबका पदाधिकारीले मंगलबार एक कार्यक्रमकाबीच सफलताको शुभकामनासहित तामाङलाई विदाइ गरे । उनी बुधबार दिउँसो १ बजे गोवा हुँदै दिल्ली पुग्ने तालिका रहेको छ ।
यदि उनले आईएसएल खेल्न पाएमा आइएसएल खेल्ने पहिलो नेपाली खेलाडीसमेत हुनेछन् । आईएसएलमा जानका लागि थ्री स्टारले अनन्तलाई फुकुवा गरिदिएको हो । अनन्त फ्री ट्रान्सफरमा इस्ट बंगालमा अनुबन्ध भएका हुन् ।
१६ खेलबाट १० अंक मात्र रहेको इस्ट बंगाल दशौं स्थानमा छ । इस्ट बंगालले अब चार खेल मात्र खेल्न बाँकी छ ।
प्रतिक्रिया 4