+
+

भरपर्दा खेलाडी अनन्त तामाङ

पछिल्लो समय नेपाली राष्ट्रिय टिममा नियमित स्थान पाइरहेका खेलाडीमा पर्छन्, अनन्त । उनले नेपालका लागि डेब्यु गरेको सन् २०१५ मा हो । उनी नेपालका लागि अन्तर्राष्ट्रिय फुटबलमा प्राप्त जितको आधारमा सर्वाधिक सफल खेलाडीमध्ये एक हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १९ गते ७:०२

१९ मंसिर, काठमाडौं । नेपाली फुटबलमा झापा राम्रा खेलाडीका लागि उर्बर भूमि हो भन्नुको अर्को उदाहरण हो, अनन्त तामाङ । उमेर समूहदेखि नेपालको प्रतिनिधित्व गर्दै आएका अनन्तलाई पछिल्लो समयका सबैभन्दा ठूला स्टार मान्न सकिन्छ ।

डिफेन्डरका रूपमा खेल्दै आएका अनन्तको अर्को सबैभन्दा ठूलो विशेषता हो, गोल पनि निकाल्न सक्नु । त्यसमाथि उनी त्यस्ता खेलाडी हुन्, जसलाई प्रशिक्षक पूर्णतः भरपर्दा हुन्छ । उनले कप्तानका रूपमा आफ्नो नेतृत्व गर्न सक्ने गुण पनि देखाइसकेका छन् ।

नेपाल सुपर लिग २०२३ मा उनी ललितपुर सिटी एफसीको कप्तान तथा आइकोनिक खेलाडी छन् । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा उनी चर्च ब्वाइज युनाइटेडका पनि कप्तान हुन् र टिमले उनकै नेतृत्वमा डेब्यु सिजनमै उपाधि पनि जितेको थियो ।

अनन्त अखिल नेपाल फुटबल संघ (एन्फा) को एकेडेमीका उत्पादन हुन् । उनी पाँचौं ब्याचका खेलाडी हुन् ।

सुरुआती करियर

किशोर उमेरमा एन्फा एकेडेमीमा आवद्ध भएयता उनले निरन्तर फुटबल खेलिरहेका छन् । एन्फा एकेडेमीको प्रतिनिधित्व गर्दै उनले विभिन्न घरेलु प्रतियोगिता पनि खेले । नेपालले सन् २०१५ मा काठमाडौंमै भएको यू–१९ साफ च्याम्पियनसिप जित्दा उनी त्यसका एक प्रमुख खेलाडी थिए ।

क्लब फुटबलबाट नेपाली घरेलु फुटबलमा उनको प्रवेश थ्री स्टारबाट भएको हो । उनी लामो समय थ्री स्टारमा आवद्ध रहे र त्यसको नेतृत्व पनि गरे ।

तर उनको खेल जीवनको सबैभन्दा निर्णायक मोड भने त्यति बेला आयो, जति बेला उनले थ्री स्टार छाडेर चर्च ब्वाइज जाने निर्णय गरे ।

शहीद स्मारक ए डिभिजन लिग ०७९/८० मा चर्च ब्वाइजले आफ्नो पहिलो खेल पुलिसविरुद्ध फागुन २० मा खेलेको थियो र त्यसमै विजयी सुरुआत लिन सफल रह्यो । अनन्तले चर्च ब्वाइजका लागि त्यसै खेलबाट डेब्यु गरे र कप्तानीको पनि भूमिका निभाए ।

नेपालले दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलमा चार पल्ट स्वर्ण जितेको छ । त्यसमध्ये दुई पल्ट राष्ट्रिय टिमले जितेको थियो भने दुई पल्ट यू–२३ टिमले । यू–२३ टिमले लगातार दुई पल्ट स्वर्ण हात पारेको छ, सन् २०१६ र २०२१ मा ।

यी दुवै अवसरमा नेपालका लागि उनी प्रमुख खेलाडी थिए । उनी भारतको इन्डियन प्रिमियर लिग (आईएसएल) खेल्ने नेपालका तेस्रो खेलाडी मात्रै हुन् । उनले इस्ट बंगालका लागि सन् २०२२ मा खेलेका थिए ।

राष्ट्रिय टिममा प्रदर्शन

पछिल्लो समय नेपाली राष्ट्रिय टिममा नियमित स्थान पाइरहेका खेलाडीमा पर्छन्, अनन्त । उनले नेपालका लागि डेब्यु गरेको सन् २०१५ मा हो । भारतविरुद्ध अगस्ट ३१ मा पुनामा भएको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा उनले पहिलो पटक नेपालका लागि खेल्ने अवसर पाए र प्रशिक्षक थिए, ध्रुव केसी । त्यस खेलमा एकैपल्ट पाँच खेलाडीले डेब्युको अवसर पाएका थिए । त्यसमध्ये अनन्तले स्टार्टिङ लाइन अपमै खेल्ने मौका पाएका थिए ।

अन्तर्राष्ट्रिय फुटबलमा नेपालले हात पारेको दुई ठूला सफलतामा सन् २०१६ को बंगबन्ध गोल्डकप र त्यही वर्षको एएफसी सोलिडारिटी कप पनि पर्छ । यी दुवै प्रतियोगिता खेल्दाका उनी नेपाली टिमका प्रमुख खेलाडी थिए ।

त्यस अर्थमा उनी नेपालका लागि अन्तर्राष्ट्रिय फुटबलमा प्राप्त जितको आधारमा सर्वाधिक सफल खेलाडीमध्ये एक हुन् । नेपालले सन् २०२१ को माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा फाइनल यात्रा तय गरेको थियो र उनी त्यस टिमका पनि प्रमुख खेलाडी थिए ।

नेपालका लागि प्रदर्शन

कुल क्याप : ५८

गोल : ३

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?