+
+

कोहलपुर चोकमा ट्रकले च्याप्दा प्रहरी जवानको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ९ गते ११:१५

९ फागुन, काठमाडौं । बाँकेको कोहलपुर चौराहमा ड्युटीमा खटिएका एकजना प्रहरी जवानको ट्रक पल्टिएर च्यापिंदा मृत्यु भएको छ ।

मृत्यु हुनेमा प्रहरी चौकी खडैचा दरबन्दी भई हाल इलाका प्रहरी कार्यालय बाँकेमा कार्यरत ३६ वर्षीया प्रहरी जवान कविता बीसी रहेकी छन् ।

शम्सेरगञ्जबाट कौशिलानगर बाँके तर्फ जाँदै गरेको ना ३ ख ६४३६ नम्बरको ट्रक गएराति १० बजे कोहलपुर चौराहमा मोड्ने क्रममा एक्कासी पल्टिंदा बीसी च्यापिएकी थिइन् ।

घाइते भएकी बीसीको उपचारको क्रममा कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा गएराति सवा १० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बाँकले जनाएको छ ।

दुर्घटना लगतै फरार भएका ट्रक चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?