३० वैशाख, धनकुटा । मतदान प्रक्रियाको विषयमा लोकतान्त्रिक गठवन्धन र नेकपा एमालेका प्रतिनिधिबी विवाद हुँदा सहिदभूमि गाउँपालिका वडा नं. ६ स्थित ठाकुरदेवी मावि र ६ नं. वडा कार्यालय मतदान स्थलका तीन वटै केन्द्रको मतदान प्रक्रिया रोकिएको छ ।
मतदान प्रक्रियाको विषयमा दुवै पक्षबीच भएको विवादले केहि समयको लागि मतदान कार्य स्थगित गरिएको मतदान केन्द्र–कका मतदान अधिकृत गणेश एडीले बताए ।
जिल्ला निर्वाचन अधिकारी जयराम श्रेष्ठले पनि अशक्तको मत हाल्ने क्रममा विवाद भएको जानकारी दिए ।
धनकुटाका प्रहरी प्रवत्ता डिएसपी चिरञ्जीवी दाहालले केही विवाद आएर छलफल भइरहेको र केही समयमा मतदान सञ्चालन हुने जानकारी दिए ।
प्रतिक्रिया 4