+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

गुल्मी २ : गोकर्ण विष्ट रामकुमारीभन्दा २ हजार बढी अन्तरले अगाडि

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ६ गते ५:००

६ मंसिर, गुल्मी । गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले एकीकृत समाजवादीकी उम्मेदवार रामकुमारी झाँक्रीसँग मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।

आज बिहान पौने पाँच बजेसम्मको मत परिणाम अनुसार गोकर्ण २ हजार ३ सय भन्दा बढी मत अन्तरले अगाडि छन् । गोकर्णको मत ६ हजार ४४४ र रामकुमारीको मत ४ हजार ९४ छ ।

गुल्मी क्षेत्र नं. १ को भने मतगणना हुन सकेको छैन । मंसिर ४ गतेको निर्वाचनमा कालीगण्डकी गाउँपालिका–२ अर्बेनीस्थित भगवती मावि केन्द्रमा मतदातालाई प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको मतपत्र दिने ठाउँमा प्रदेश सभाको प्रत्यक्ष तर्फको मतपत्र दिएको पत्ता लागेपछि सो केन्द्रको निर्वाचन प्रक्रिया स्थगित गरिएको थियो । त्यहाँ आज (मंगलवार) पुनः मतदान गर्न लागिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?