+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

ठोरीमा मनाइयो रामसीता विवाह महोत्सव

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १२ गते १३:५३

१२ मंसिर, पर्सा । पर्साको ठोरीमा रामसीता विवाह महोत्सव मनाइएको छ ।

ठोरी गाउँपालिका-२ मा पर्ने सीतागुफामा आज वैदिक परम्परा अनुसार मर्यादा पुरुषोत्तम भगवान रामचन्द्र र सीताको विवाह मनाइएको राम जन्मभूमि क्षेत्र विकास समितिकी उपाध्यक्ष मीना गिरीले जानकारी दिइन्।

उनका अनुसार विवाह महोत्सवमा उपस्थित भक्तहरुलाई दुई पक्षमा विभाजन गरी (रामपक्ष र सीता पक्ष बनी) जन्ती लगेर सीता गुफा परिसरमा विवाह गरी गुफामा भित्र्याइएको छ ।

स्थानीयहरुले विगत केही वर्षदेखि नै मंसिर शुक्ल पञ्चमीको दिनमा र रामनवमीको दिनमा यस क्षेत्रमा धुमधामका साथ पूजनोत्सव गर्दै आइरहेका छन्।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्म ठोरीमा भएको भन्ने वक्तव्य दिएपछि यसको महत्त्व बढेर छ। तर ममन्दिर माडीमा बनाइएपछि स्थानीयहरुको गुनासो छ ।

ठोरी गाउँपालिकाका पूर्वअध्यक्ष पदमलाल श्रेष्ठले यस क्षेत्रमा रामसीताको मूर्ति स्थापना गर्न भनी शिलान्यास गरेता पनि दशगजा क्षेत्रमा उक्त मूर्ति स्थापना हुन नसक्दा बजेट फ्रीज भएको थियो।

सीतागुफामा जान खोला तरेर जानुपर्ने बाध्यात्मक अवस्था रहेकाले सम्बन्धित निकायले झुलुङ्गेपुलको व्यवस्थापन गर्न सके यस क्षेत्र धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकसित हुने समितिकी कोषाध्यक्ष गीता बिष्टले बताइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?