
५ पुस, काठमाडौं । सिभिल बैंकलाई मर्जर गर्न लागेको हिमालयन बैंकले १९.११ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । ५ पुस मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
बैंकले सेयरधनीलाई हाल कायम चुक्ता पुँजी ८ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि समेत गरी ११.११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव कम्पनीले गरेको छ ।
यस्तै हिमालयनमा गाभिने प्रक्रियामा रहेको सिभिल बैंकले पनि सेयरधनीलाई ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । ५ पुस मंगलबार बिहान बसेको सञ्चालक समितिको बैंठकले सेयरधनीलाई आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
बैंकले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र उक्त बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
दुवै प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वाषिर्क साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।
हिमालयन बैंकले सिभिल बैंकलाई १००ः८० को सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) मा गाभ्ने प्रारम्भिक सहमति गर्दै मर्जर प्रक्रिया अगाडि बढाएको छ ।
प्रतिक्रिया 4